काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहको छ।
चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज मंगलबार १८३५ रुपैयाँमा झरेको छ ।


