काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा(मुग्लिन सडक खण्डको काम छिटो सक्न निर्देशन दिएका छन् ।
मन्त्री दाहालले बुधबार निर्माणाधिन सडकको स्थलगत निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले आयोजना प्रमुख र ठेक्का लिने निकायसामु निर्माणमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताए । ‘निर्माणका क्रममा समस्या देखिए मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्छ,’ उनले भने, ‘तर अब पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य हुने छैन ।’
नागढुंगा–नौविसे–मुग्लिन तीनवटै खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।