काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलर एकको खरिदमूल्य एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य एक सय ३७ रुपैयाँ ५४ पैसा रहेको छ भने एक युरोको खरिदमूल्य एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीमूल्य एक सय ४१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।
यसैगरी आइतबारका लागि एक यूके पाउन्ड स्टर्लिङको खरिदमूल्य एक सय ७० रुपैयाँ र बिक्रीमूल्य एक सय ७० रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।
स्वीस फ्र्यांक एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।


