काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४.६३ अंकले बढेको हो । आज ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज १५६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ७७ कम्पनीको सेयरमूल्य घटेको छ । ङादी हाइड्रो, सामुदायिक लघुवित्त, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे । ङादीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ अर्थात् १० प्रतिशतले बढेको छ ।


