काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले ग्लोवल आइएमई बैंकलाई देशकै ठूलो बैंक बनाउने बताएका छन् ।
उक्त बैंकका अध्यक्ष रहेको अध्यक्ष ढकालले विहीबार बैंकको १९ औं वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन् ।
कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ। नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए।
अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंक अन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए। नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताए।


