काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज तय गरेको विनिमयदर अनुसार एकअमेरिकी डलरको खरिददर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपियाँ ७७ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिददर १४३ रुपियाँ ७८ पैसा र बिक्रीदर १४४ रुपियाँ ४० पैसा तोकेको छ ।
यस्तै विहीबारका लागि एक युके पाउन्ड स्ट्रलिङको खरिददर १७१ रुपियाँ ६३ पैसा र बिक्रीदर १७२ रुपियाँ ३७ पैसा कायम भएको छ ।
यसैगरी आज कालागि एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपियाँ ६ पैसा र बिक्रीदर ८६ रुपियाँ ४३ पैसा निर्धारण भएको छ
।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ८१ पैसा र बिक्रीदर ९६ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ २९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर आठ रुपियाँ ८९ पैसा र बिक्रीदर आठ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ ६ पैसा कायम भएको छ।


