काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बुधबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ का विवादास्पद वार्षिक प्रतिवेदनहरू पारित गरेको हो ।
सभाले अर्थ मन्त्रालयको प्रत्यक्ष दबाबका कारण लेखापरीक्षणको सिद्धान्तविपरीत तयार गरिएका अडिट प्रतिवेदनलाई अनुमोदन गर्यो। सभामा सहभागी शेयरधनीहरूले अपारदर्शी वित्तीय गतिविधि र पुनर्बीमा व्यवस्थापनमा देखिएको लापरबाहीप्रति कडा असन्तोष व्यक्त गरे।
शेयरधनी राम गोपाल महर्जनले अप्पर तामाकोसीको पुनर्बीमा नगर्नुको कारण र यसबाट कम्पनीलाई भएको घाटा बारे प्रश्न उठाए। त्यस्तै, कम्पनीका कर्मचारीले पुनर्बीमा व्यवस्थापनको त्रुटि, बीमा शुल्क नलिई जोखिम बहन गर्ने जस्ता गम्भीर गल्तीहरू प्रति आक्रोश व्यक्त गरे।


