काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि अब देशभर चार्जिङ स्टेशन बढाउनु जरुरी रहेको बताएका छन् ।
उनले बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी हुँदै नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए ।
उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएको बताए ।


