काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीमूल्य एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीमूल्य एक सय ४१ रूपैयाँ ८० पैसा तोकेको छ ।
यस्तै आजका लागि एक यूके पाउन्ड स्ट्रलिङको खरिदमूल्य एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य एक सय ६९ रूपैयाँ १२ पैसा तोकिएको छ ।
यसैगरी शुक्रबारका लागि अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ९५ रूपैयाँ ६६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिदमूल्य एक सय रूपैयाँ १३ पैसा र बिक्रीमूल्य एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा तोकिएको छ ।


