काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार पाँचसय रुपैयाँ थियो। बुधबार प्रतितोला एक हजार चारसय र बिहीबार सुनको मूल्य पाँचसय रुपैयाँ बढेको थियो।


