काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले रियल इस्टेट परियोजनामा विदेशी लगानी भित्र्याउन पाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
रियल इस्टेट उद्द्योगको विकासका लागि हदबन्दी छुट दिन आवश्यकता रहेको घिमिरेले बताए ।
अनुमति प्राप्त रियल इस्टेट कम्पनीहरुले निर्माण गरेका घर तथा अपार्टमेण्ट भित्रका सामूहिक उपयोगको क्षेत्रको स्वामित्व हस्तान्तरणको सम्बन्धमा हालै जारी अध्यादेशले खरिद बिक्री हुन बाँकी रहेको घर तथा अपार्टमेन्टलाई सम्बोधन गरेको बताए ।


