काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज तोकेको दर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीमूल्य एक सय ३९ रुपियाँ ८० पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य एक सय ४२ रुपियाँ ५२ पैसा र बिक्रीमूल्य एक सय ४३ रुपियाँ १३ पैसा निर्धारण गरेको छ। यस्तै एक युके पाउन्ड स्ट्रलिङको खरिदमूल्य एक सय ७१ रुपियाँ २६ पैसा र बिक्रीमूल्य एक सय ७२ रुपियाँ तोकेको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपियाँ ४५ पैसा र बिक्रीमूल्य ८६ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९४ रुपियाँ ७२ पैसा र बिक्रीमूल्य ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदमूल्य एक सय एक रुपियाँ ७४ पैसा र बिक्रीमूल्य एक सय दुई रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदमूल्य नौ रुपियाँ र बिक्रीदमूल्य नौ रुपियाँ चार पैसा, चिनियाँ युआन एकको खरिदमूल्य १९ रुपियाँ २० पैसा र बिक्रीमूल्य १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३७ रुपियाँ ११ पैसा र बिक्रीमूल्य ३७ रुपियाँ २७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३८ रुपियाँ १८ पैसा र बिक्रीमूल्य ३८ रुपियाँ ३५ पैसा कायम भएको छ।