काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबारको बैठकले कर प्रयोजनसहित उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । उक्त बैंठकले २०८०र८१ को वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्ने निर्णय पनि गरेको छ ।