काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।


