काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ पैसा छ भने एक युरोको खरिददर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा कायम भएको छ ।।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो।


