काठमाडौं । गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । उक्त आयोजना सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, जुनबेसीमा निर्माण हुँदैछ ।
आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष भट्टराईले जानकारी दिए ।
उनका अनुसार आयोजनाको कुल लागत अनुमान एक अर्ब २९ करोड रुपैयाँ रहेको छ ।


