काठमाडौं । सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ को कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
बैंकको मान्म शाखाले कार्यक्रममा मान्म शाखाका कर्मचारीले विद्यालयका विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका थिए ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।


