काठमाडौं । नेपाली बजारमा आज (सोमबार )पनि सुनको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
शुक्रबारदेखि नै यहीं मूल्यमा सुनको कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१० रुपैयाँ रहेको चाँदी यस दिन १८९५ रुपैयाँ कायम भएको छ ।


