काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताएका छन् ।
उनले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने बताए । उनले सरकारले अहिले विपक्षीहरूलाई निरंकूशतावादी व्यवहार देखाएको आरोप लगाए ।


