काठमाडौं । आज मातातीर्थ औँसी। प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी यो पर्व मनाइन्छ।
मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वको रुपमा पनि चिनिन्छ। आज छोराछोरीले आफ्नी आमालाई मीठा–मीठा खानेकुरा खान दिएर खुसी पार्ने परम्परा छ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । गर्दछन् ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।


