काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री ओलीले सरकारलाई असहयोग गरेको भन्दै राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।
प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो । राज्यमन्त्रीले कुनै हालतमा हटाउन नहुने अडान लिँदै आएका थिए ।
सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।


