काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका छन् ।
वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
मन्त्री बनेका पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ। आज पुनर्गठन भएको मन्त्रिपरिषद् सदस्यको संख्या २४ पुगेको छ।


