काठमाडौं । भारत र पाकिस्तानबीच लडाइँ चर्किएसँग सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ।’


