काठमाडौं । रुपन्देहीमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्।
बुटवल उपमहानगरपालिका(११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो ।