काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ।
बैठकमा मुख्यगरी पार्टिले हुलाकी राजमार्गलाई केन्द्रित गरेको आयोजना गरिएको अभियानबारे समीक्षा हुने बताइएको छ माओवादीले फागुन १२ देखि झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान वैशाख १७ गते महेन्द्रनगरको भीमदत्त नगरपालिकामा पुगेर टुंगिएको थियो। माओवादीको अभियान जारी रहेकै समयमा राजावादीले सशक्त आन्दोलन गरेपछि उसले अभियानलाई केही समयको लागि स्थगित गरेको थियो ।


