काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वन फडानी गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै वनको सुरक्षा विज्ञानसम्मत गर्ने भएपनि वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई रोक्ने सरकारको स्पष्ट नीति रहेको बताएका हुन्।
नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने उनले बताए।


