काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको आरोप लगाएका छन् । उनले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसियल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन् ।
माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनक भनाइ छ। ‘अब हामी आफ्नै खुट्टामा उभिएन आफ्नै शक्ति र सामार्थ्यका साथ फेरि देशको नेतृत्व गर्नेछौं,’ उनले भने। उनले वर्तमान सरकार कर्णाली र अन्य दलित, महिला र जनजातिको विरुद्धमा रहेको आरोप लगाए।


