काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन् । उनले शनिबार पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा यस्तो दावी गरेका हुन् ।
अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहोर्याए । ‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै तागतमा फेरि ०६४ मा जस्तै चुनावमा जानेछौं,’ प्रचण्डले भने ।
उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे । ‘कतिपय बेला विभिन्न भ्रम छर्न


