काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिमा ढिलाई सरकारले गर्न नहुने बताएका छन् ।
बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको भन्दै कसकैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
‘गभर्नरको निमित्त गभर्नरसँगै आएर हलो हड्किएको छ,’ खतिवडाले भने, ‘उहाँले अर्काको राजीनामा स्वीकृत गर्दिन भनेर लागेको जस्तो छ। सरकारले यसलाई समाधान गर्ने बाटोमा गएको छ। हामी चाहन्छौँ कसैका लहडका भरमा यसलाई ढिलो समय लानु हुँदैन।’


