काठमाडौं संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज पनि बस्दैछ ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


