काठमाडौं । नेकपा एमालेले प्रदीप नेपालको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपुरणीय क्षति भएको जनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखित भएको बताए। उनले स्वर्गीय नेता नेपालका असल गुणहरू, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने संकल्पसमेत पार्टीले लिएको बताएका छन्।
केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबार साँझ निधन भएको थियो ।


