काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


