काठमाडौं । अर्थमन्त्री विष्णु पौडलेलले अर्थतन्त्र अझै चापमा रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्वपूर्ण दस्तावेज भएको बताए। उनले सरकारले नीति तथा कार्यक्रममार्फत प्रस्तुत गर्ने कार्यक्रमहरू कस्ले कार्यान्वयनमा लैजाने भन्ने कुरा अधिकारको सूचीमा प्रष्ट पारिएको बताए।
अर्थमन्त्री पौडेलले देशको वार्षिक बजेट संघ सरकारले तयार गर्ने भएपनि संघले कार्यान्वन गर्ने कार्यक्रमहरू अत्यन्त न्यून भएको बताए।


