काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई आफूले लयमा ल्याएको दावी गरेका छन् ।
उनले मंगलबार बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
काभ्रेको बनेपामा निर्माण हुने ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए ।
सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुपरे पनि अब बन्ने प्रक्रिया अघि बढेको बताए। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो।