काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्रीलाई आफूखुसी नगर्न आग्रह गरेका छन् ।
उनले मंगलबार विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटनको क्रममा यस्तो बताइका हुन् ।
‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनबारे छलफल होला भनेको त मेरैबारे मात्रै कुरा भएछ’, उनले भने ।
कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यस पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने पनि बताएका छन् ।
‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ? ’, कोइरालाले प्रश्न गरे ।


