काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै राजनीतिक कारण नभएको प्रष्टीकरण दिएका छन् ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकरात्मक भएको उल्लेख गरेका थिए।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,’ देउवाको भनाइ छ, ‘ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ। राष्ट्र बैंकभित्रकै समस्या हो।’
गठबन्धनमा कुनै समस्या नभएको भन्दै उनले भने, ‘अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ। उहाँले गठबन्धमा कुनै पनि समस्या क्रिएट गर्नुभएको नि छैन। गठबन्धनमा कुनै समस्या छैन।’


