काठमाडौं । सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।
पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । पहलगाममा घटनामा १ जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।
साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।


