काठमाडौं । युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । उनी ७९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याए ।
कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार ९जेठ १३० बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । हादसम्म औपचारिक नतिजा घोषणा भने भइसकेको छैन ।


