काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका समसमयिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।


