काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अब चाँडै नै सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।
बर्तौलाले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताएका हुन् ।
उनले सोमबार संसद् बैठक अघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रूपमा सञ्चालन हुने गरी आइतबारको छलफल टुङ्गिएको उल्लेख गरे ।