काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले शनिबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको वर्तमान जिल्ला समन्वय समितिको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले जिल्लाको विकासको कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए। संविधान निर्माणको क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएको भन्दै नेपाली कांग्रेसको अडानकै कारण समन्वय समिति राख्न सम्भव भएको स्मरण गरे।


