काठमाडौं । नेपाली बजारमा आज छापावाल सुन तोलामा १५ सय घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४० किनबेच भइरहेको छ।