काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा काम सम्पन्न नगरे सुुनकोशी मरिन डाइभर्सनको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
उनले आइतबार जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यासका क्रममा यस्तो चेतावनी दिएका हुन् ।
सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।


