काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज धितोपत्र दोस्रो बजार मापक (नेप्से) परिसूचक ९.०८ अंकले घटेको हो ।
आज १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यस दिन कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।