काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सोचविचार गरेर नै संसद खुलाउने निर्णय लिएको जिकिर गरेका छन् ।
उनले आज कोच, धिमाल, मेचे, सन्थाल, झाँगडरउराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफूहरूले विवेक पुर्याएर नै दुई बुँदे सहमति गरेको सुनाए ।
उनले भने, ‘संसद् अवरुद्ध थियो, हिजो सरकारले अध्ययन गरेर एक महिनाभित्र छानबिन समिति बनाएर जान तयार भएपछि हामीले अधिवेशन खोलेर बहस गर्न जरुरी छ किनकि जनताका मुद्दा त्यहाँ सदनभित्र छन् । संघीय निजामती ऐन म प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर सदनमा पुर्याएको हो । त्यो पारित गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’


