काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पुनः एमालेको राजनीतिमा जोडिएको बताएकी छिन्।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने समेत उद्घोष गरिन्।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीको भनाइ छ, ‘अब म नेकपा ९एमाले० परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’
भण्डारीले आफूले धेरै पहिल्यै आफ्नो जीवन राष्ट्रलाई दिने संकल्प गरिसकेको र यसमा आफू दृढ रहेको बताएकी छन्।


