काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे ।


