काठमाडौं । बहुचर्चित संवैधानिक निकायका ५२ जनाको नियुक्तिसम्बन्धी मुद्दाबारे आज निर्णय सुनाउने मिति तय भएपनि अन्त्यमा आएर सर्वोच्च अदालतले आगामी असार १८ गते मात्रै निर्णय सुनाउने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा। मनोजकुमार शर्मा, डा। कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ मिति असार १८ गतेका लागि सारेको हो।
२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक(पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए।


