काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुल विपरीत भइरहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनले कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको बताए। ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि-के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ ?,’उनले भने।