काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सोमबार सुरु भएको बैठकमा छलफलका लागि विभिन्न १३ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।
बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइनेछ ।


